कामना सेवा विकास बैंक लिमिटेडले कात्तिक २७ गते पर्न गएको, आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा KS FUTSAL CUP को दोस्रो संस्करण कार्तिक २५ र २६ गते आयोजना गर्ने भएको छ । यस प्रतियोगिताको आयोजनाका लागि बैंकले खेलपाटी डट कम सँग कार्तिक ०६ गते सम्झौता गरेको छ ।
सम्झौता कार्यक्रममा बैंकका सिइओ प्रविण बस्नेतले दोस्रो संस्करणको फुटसल प्रतियोगिता थप परिस्कृत र भब्य हुने बताउनुभयो । उहाँले खेलकुदको माध्यमबाट बैंक तथा वित्तिय संस्थालाई एउटा कार्यक्रममा जोड्न फुटसल प्रतियोगिता सहयोगी हुने विश्वास ब्यक्त गर्नुभएको छ । खेलपाटीका सिइओ केसीले दोस्रो संस्करणको कार्यक्रमलाई थप व्यवस्थित र परिस्कृत बनाएर लैजाने उल्लेख गर्नुभएको छ । उहाँले कर्पोरेट क्षेत्रलाई खेलकुदमा आबद्ध गराउन कार्यक्रम फलदायी हुने बताउनुभएको छ ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा २० भन्दा बढी नेपालमा बैंक तथा वित्तिय संस्थाले सहभागीता जनाउनेछन् । दोस्रो संस्करणदेखि महिला टिमलाई समेत समावेश गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा)को फुटसल कमिटीको प्राविधिक सहयोग रहनेछ ।