News

नोभेम्बर ११ मा कामना सेवाका ग्राहकहरुलाई दराजमा छुट ।

 

मिति २०७९ साल, कार्तिक १६, बुधबारका दिन कामना सेवा विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकमहानुभवहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । दराजको ११.११ छुट योजना November 11 (कार्तिक २५ गते) देखि लागू हुनेछ । 


कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकमहानुभवहरुले दराज द्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकमहानुभवहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।


माथि उल्लिखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछ । तसर्थ, आफ्नो ग्राहकमहानुभवहरूलाई छिटो कार्ड ई–कमर्सको लागि सक्रिय गर्न र बिक्री सुरु हुने बित्तिकै छुटहरू प्राप्त गर्न बैंकले अनुरोध गरेको छ ।