News

कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पताल बीच मर्चेन्ट सम्झौता ।

 

कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पताल बीच मिति २०७९ साल भाद्र १९ गते आईतबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । कामना सेवा विकास बैंकका चिफ बिजनेस अफिसर (डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ्ग) श्री हरि प्रसाद लम्साल र हिमाल डेन्टल अस्पतालका अध्यक्ष श्री राजेन्द्र प्रसाद भट्टले सम्झौतामा हस्ताक्षर गरेका थिए । 

 

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी तथा बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले हिमाल डेन्टल अस्पतालका सम्पूर्ण शाखाले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ । 

 

बैंकका कर्मचारी तथा बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।