News

कामना सेवा र नेशनल कलेजबीच सम्झौता ।

 

कामना सेवा विकास बैंकले धुमबराही, काठमाडौं स्थित नेशनल कलेजसँग बैकलाई आवश्यक पर्ने दक्ष जनशक्ति आपूर्तिका लागि सहकार्य गर्ने सम्झौता गरेको छ । 

बैंकलाई चाहिने दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा मिति २०७९ साल पौष २५ गते सोमबारको दिन हस्ताक्षर भएको हो ।

कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीको व्यवस्थापन तथा कार्य क्षमता, दक्षता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्ति गर्ने अवसर प्रदान गर्ने क्रममा नेशनल कलेजले अध्यापन, अनुसन्धान तथा तालिम मार्फत योगदान पुराउने बताएको छ । साथै, यस सम्झौता पश्चात कामना सेवा विकास बैंकले नेशनल कलेजका विद्यार्थीहरुलाई Internship Program को व्यवस्था समेत गर्ने भएको छ ।