notification menu

    कामना सेवा विकास बैंक र डोलेश्वर भिलेज रेसोर्ट एण्ड फार्म हाउस बीच मर्चेन्ट सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैकंसँग आबद्ध सम्पूर्ण महानुभावहरुले भक्तपुरको सुर्यविनायक – ०८, डोलेश्वर, सिपाडोल स्थित डोलेश्वर भिलेज रेसोर्ट एण्ड फार्म हाउसले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ । 

    बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।