notification menu


    कामना सेवा विकास बैंकद्वारा सर्वोदय – ’समावेशी अक्षर र अनुसन्धान’ सँगको सहकार्यमा दुई दिने वित्तीय साक्षरता एवम् सेयर बजार अभुमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । मिति २०७९ साल पौष २२ र २४ गते नेशनल कलेजमा सो कार्यक्रम सम्पन्न गरिएको हो । 

    बैंकले नेपालमै पहिलोपटक दृष्टिबिहिन व्यक्तिहरुका निमित्त सञ्चालन मा ल्याएको स्वाभिमान बचत खाताको दायरा भित्ररही उहाँहरुका बैंकिङ्ग आवश्यकताहरु पूरा गराउनुका साथै आत्मनिर्भर बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा ४० भन्दा बढि दृष्टिबिहिन व्यक्तिहरुको सहभागीता रहेको थियो । बैंकका कर्मचारीद्वारा उक्त कार्यक्रममा सहभागी दृष्टिबिहिन व्यक्तिहरुलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता सुरक्षित रेमिटायन्स प्रणाली लगायतका विषयमा साक्षरता प्रदान गरेको थियो ।