notification menu


    कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुल बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

    यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले काठमाडौंको बौद्ध र टुसाल स्थित प्रारम्भ ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने उत्कृष्ट ड्राईभिङ्ग तालिम शुल्कमा आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ । ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने ड्राईभिङ्ग तालिमहरुमा बैंकका ग्राहक महानुभावहरुले १२% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ । 

    बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ  ।