कामना सेवा विकास बैंकले बैंकिङ क्षेत्रमा नै पहिलो पटक लिलाम सम्बन्धी अनलाइन प्लाटफर्म KSBBL Auction Hub प्रयोगमा ल्याएको छ ।
KSBBL Auction Hub मा यस बैंकले लिलाम सम्बन्धी सूचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित गर्दै आएकोमा अब उपरान्त उपरोक्त सूचना, लिलाममा चढेका तथा गैर बैकिङ सम्पत्तिहरुको थप विवरण यस बैंकको वेवसाईट auction.kamanasewabank.com बाट समेत हेर्न सकिने छ ।
सुव्यवस्थित र सहज पहुंच सहितको इन्टरफेस भएको यस वेबसाइटले लिलाम सम्बन्धी सूचना, लिलाममा चढेका तथा बैंकको नाममा रहेका गैर बैकिङ सम्पत्तिहरुको विवरण नियमित रुपमा प्रकाशित गर्दै जाने हुँदा उपरोक्त सम्पत्तिहरु खरिद गरी लिन चाहने व्यक्ति÷संस्थाहरुलाई मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।
कामना सेवा विकास बैंक लिमिटेड
केन्द्रीय कार्यालय