कामना सेवा विकास बैंक र Tranquility Spa बीच मिति २०८० साल असार महिना ०३ गते आईतबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकमहानुभावहरुले Tranquility Spa का सम्पूर्ण Outlet हरुले प्रदान गर्ने massage तथा salon सेवाहरुमा २५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ । साथै, सदस्यता लिनुभएका बैंकका ग्राहक महानुभावहरुलाई spa ले प्रदान गर्ने सेवा सुविधाहरुमा ५०% सम्मको छुटको समेत व्यवस्था रहेकोे छ ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकमहानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।